Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राप्रपाकाे बिचार मिल्ने मित्र एमालेलाई सघाउने

राप्रपाकाे बिचार मिल्ने मित्र एमालेलाई सघाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७९ बुधवार • १०:३१:४४ बजे
  • 673
    SHARES
  • राप्रपाकाे बिचार मिल्ने मित्र एमालेलाई सघाउने

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा नबस्ने निती लिएको छ ।

    images

    माओवादी केन्द्रले नेतृत्वको केन्द्रिय सरकारबाट बाहिरिएको राप्रपा प्रदेशमा भने एमालेलाई सघाउने भएको हो । माओवादीले नेतृत्व गरेको बाग्मती र कर्णाली प्रदेशवाट केन्द्रिय निर्णय भन्दै बाहिरिएको राप्रपाले प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्की नेतृत्वको सरकारलाई भने समर्थन कायम नै गरेर अघि बढने संकेत गरेको हो ।

    मुख्यमन्त्री कार्कीसँग हिजो बसेका राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा, राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले कार्की सरकारलाई समर्थन कायम नै राखेर जान सक्ने बताएको एमाले नेताहरुले बताएका छन् ।

    ‘राप्रपाका साथीहरुले सरकारवाट तत्काल समर्थन फिर्ता नलिने बरु मिलेर जानु पर्छ भन्ने धारणा राख्नु भएको छ,’ एमालेका एक नेताले भने । उनका अनुसार सरकार र संसदमा मिलेर जाने बारेमा दुबै पार्टी बिच घनिभुत छलफल भएको छ । यता, कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रदेश सांसद सन्तोषी शाहीले जानकारी दिएकका छन् ।

    राप्रपाको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय सरकार र प्रदेश सरकारवाट बाहिरिने निर्णय गरे पछि कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागिएको हो ।

    बुधवार नै संसद सचिवालयमा गएर समर्थन फिर्ता लिएको सांसद शाहीले जानकारी दिएका छन् । उता, बाग्मती प्रदेशमा रहेका तीन मन्त्रीले आइतवार नै सरकारबाट बाहिरिएको घोषणा गर्दै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिई सकेका छन ।

    माओवादीका शालिकराम जम्मेरकट्रेल नेतृत्वको सरकार मा रहेका तीन मन्त्रीहरु मा खानेपानी मन्त्री उद्धव थापा, ऊर्जा तथा सिंचाइ मन्त्री डम्बरबहादुर तामाङ र उद्योग तथा सहकारी मन्त्री राजु बिष्टले राजिनामा दिइसकेका छन ।

  • सम्बन्धित विषय:

  • # एमालेलाई सघाउने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology