Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दुईवटा रेल ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु

दुईवटा रेल ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७९ बुधवार • १०:३९:३७ बजे
  • 580
    SHARES
  • दुईवटा रेल ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु

    एथेन्स । उत्तरी ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् ।

    images

    मंगलबार साँझ लारिसा सहर नजिक भएको दुर्घटनापछि रेलमा आगलागी भएको छ । उद्धारकर्ताहरू यतिबेला रेलमा लागेको आगो नियन्त्रण गर्ने प्रयासमा रहेको बीबीसीले उल्लेख गरेको छ ।

    मालवाहक रेलसँग ठोक्किएको यात्रुवाहक रेलमा करिब ३५० यात्रु रहेको बताइएको छ । स्थानीय मिडियाहरूमा दुर्घटनाग्रस्त रेलमा ठुलो आगलागी भइरहेको र बाक्लो धुवाँको मुस्लो आइरहेको देखाइएको छ ।

    घटनास्थलमा १७ वटा वारुणयन्त्रहरू आगो निभाउन खटिएको अग्नि नियन्त्रक संस्थाले जानकारी दिएको छ । के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन । यात्रुवाहक रेल थेसालोकिनीबाट लारिसा गइरहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # दुईवटा रेल ठोक्किँदा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology