Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जासुसीको आरोपमा नयाँ दिल्लीबाट एक नेपाली नागरिक गिरफ्तार

जासुसीको आरोपमा नयाँ दिल्लीबाट एक नेपाली नागरिक गिरफ्तार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७७ शनिवार • १८:५०:२५ बजे
  • 1.6K
    SHARES
  • जासुसीको आरोपमा नयाँ दिल्लीबाट एक नेपाली नागरिक गिरफ्तार

    भारतको राजधानी नयाँ दिल्लीमा जासुसीको आरोपमा एक नेपाली नागरिकलाई दिल्ली पुलिसले पक्रेको छ । स्वतन्त्र पत्रकार राजीव शर्मासहित एक नेपाली नागरिक र एक चिनियाँ नागरिकलाई पक्राउ गरिएको दिल्ली पुलिसले जनाएको छ ।

    images
    दिल्ली पुलिसको स्पेशल सेलले नेपाली नागरिकसहित तीनजनालाई पक्राउ गरेको आजतकले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार जासुसीको आरोपमा पक्राउ परेका नेपाली नागरिक पत्रकार शर्माको सहयोगीको रुपमा काम गर्दै आएका खुलेको छ ।

    नेपाली नागरिकलाई जासुसको आरोप लगाएर पक्राउ गरे पनि नेपाली दूतावास र नेपाल सरकारले अहिलेसम्म कुनै पनि कुटनीतिक पहल गर्न सकेको छैन । भारतले जासुसीको आरोप लगाए पनि प्रमाण भने सार्वजनिक गर्न सकेको छैन ।

    नेपाली नागरिकको पहिचान गोप्य राखिएको छ । दिल्ली पुलिसले वरिष्ठ पत्रकार राजीव शर्माको खातामा मोटो रकम आएकाले उनले जासुसी गरेको आरोप लगाएको छ ।

    नयाँ दिल्लीको पितमपुराबाट तीन जनालाई पक्राउ गरिएको छ । समाचार एजेन्सी पिटिआइले चिनियाँ खुफिया एजेन्सीका लागि जासुसी गरेको आरोप पत्रकार शर्मासहित ३ जनालाई लगाइएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology