Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रदेश १ को नाम ‘कोशी’ राख्ने तयारी, माओवादी, एकीकृत समाजवादी र जसपाको असहमति

प्रदेश १ को नाम ‘कोशी’ राख्ने तयारी, माओवादी, एकीकृत समाजवादी र जसपाको असहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७९ बुधवार • ११:४०:४२ बजे
  • 265
    SHARES
  • प्रदेश १ को नाम ‘कोशी’ राख्ने तयारी, माओवादी, एकीकृत समाजवादी र जसपाको असहमति

    प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा प्रदेश नामाकरणको विषयले प्रवेश पाउने भएको छ ।

    images

    गठन भएको पाँच वर्षपछि प्रदेश १ को संसद्ले आफ्नो प्रदेशको नामाकरण गर्न लागेको हो । प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा पेस गर्ने तयारी छ ।

    प्रदेशको नाम कोशी राख्ने सन्दर्भमा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा एकमत छन् । तर, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भने सहमत छैनन् । आजको प्रदेशसभामा नामाकरणसम्बन्धी प्रस्ताव लैजान दिने तर प्रदेशको नाम कोशी प्रस्ताव भएमा फरक मत राख्ने यी तीन पार्टीको तयारी रहेको छ ।

    माओवादी प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बो भन्छन्- ‘नामाकरणको प्रस्ताव लैजान दिन्छौं । बहुमतले पारित गरे गर्छ । तर, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी कोशी नाममा फरक मत राख्दछ ।

    हामी पहिचानकै पक्षमा छौं । तर, अहिले पहिचान पक्षधरको बहुमत छैन ।’ अघिल्लो प्रदेशसभामा प्रदेशको नाम कोसी, सगरमाथा, विराट, कञ्चनजङ्घामध्ये एउटा राख्ने तयारी भएको थियो ।तर प्रदेशको नाममा जातीय पहिचान जोड्ने की जातीय पहिचान नजोड्ने भन्ने विषयमा विवाद हुँदा प्रदेशको नाम राखिएको थिएन ।

    नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र जसपाबीच केन्द्रका शीर्ष नेताहरूको सहमति र सुझावको आधारमा ‘कोशी’ नामकरण गर्ने सहमति भएको स्रोतले बतायो ।

    प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत चाहिन्छ । प्रदेश १ मा ९३ जना सांसद् छन् । दुई तिहाइ पुग्न ६३ जना सांसद चाहिन्छ ।

    प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology