Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रपतिमा रामचन्द्रको जित सुनिश्चित : नेता सिंह

राष्ट्रपतिमा रामचन्द्रको जित सुनिश्चित : नेता सिंह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७९ बिहिवार • १२:२३:२८ बजे
  • 409
    SHARES
  • राष्ट्रपतिमा रामचन्द्रको जित सुनिश्चित : नेता सिंह

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपतिमा आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको बताएका छन् ।

    images

    सिरहामा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आज धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सिंहले राष्टपतिमा पौडेलको जित निश्चित भएको बताएका हुन् ।

    प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिनु र आठ दलीय गठबन्धन बन्नुलाई जनताको म्यान्डेट अनुसारको राजनीतिक परिस्थिति बनेको उनले बताए ।

    ‘निर्वाचनमा जाने बेला जुन गठबन्धन बनेको थियो त्यही गठबन्धनले म्यान्डेट पाए पनि केही समय असहजतातर्फ राजनीति अघि बढ्यो,’ उनले भने ।

    आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आए भन्दै अब आठ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने र जनअपेक्षा पूरा गर्दै देश विकास गर्ने नेता सिंहले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology