Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मन्त्री श्रेष्ठद्धारा कमलविनायक-नगरकोट सडक अनुगमन

मन्त्री श्रेष्ठद्धारा कमलविनायक-नगरकोट सडक अनुगमन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७९ बिहिवार • १२:३०:४६ बजे
  • 493
    SHARES
  • मन्त्री श्रेष्ठद्धारा कमलविनायक-नगरकोट सडक अनुगमन

    उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कमलविनायक–नगरकोट सडकको अनुगमन गरेका छन् । बिहीबार बिहान मन्त्री श्रेष्ठ र भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त सडकको निरीक्षण गरेका हुन् ।

    images

    सौ क्रममा स्थानीयसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठेकेदारको उपेक्षाको कारण मर्मत अलपत्र परेको भन्दै अब सरकारले नसहने बताएका छन् । जनताले गरेको गुनासो जायज भएको भन्दै उनले अब काम गरेर देखाउने बताए ।

    ‘चिन्ता र चासो व्यक्त गर्ने ठाउँछ, त्यसकारण जनतालाई हामीले सम्मान गर्नुपर्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘तर यो काम चाहिँ हुनुपर्छ । काम हुन्छ ।’ कमलविनायक-नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

    पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा यो रुग्ण आयोजनामा परेको छ । निर्माणको ढिलासुस्तीबाट जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

    जनगुनासो बढेपछि मन्त्री श्रेष्ठसँगै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसहितको टोलीले सडक अनुगमन गरेको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology