Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले नेताहरुले माधव नेपालसँग मागे सुवास नेम्वाङलाई भोट

एमाले नेताहरुले माधव नेपालसँग मागे सुवास नेम्वाङलाई भोट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७९ बिहिवार • १४:०६:२९ बजे
  • 340
    SHARES
  • एमाले नेताहरुले माधव नेपालसँग मागे सुवास नेम्वाङलाई भोट

    नेकपा एमालेले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङको पक्षमा मतदान गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आग्रह गरेको छ ।

    images

    बिहीबार आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेर नेम्वाङसहितका नेताहरुले राष्ट्रपति निर्वाचनका लागि भोट मागेका हुन् ।

    नेम्वाङको पक्षमा मत मागेर फर्केपछि पत्रकारहरुसँग कुरा गर्दै एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शीर्ष नेताहरूसँग भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । ‘हामीले सुवास नेम्वाङलाई भोट हाल्न अनुरोध गरेका छौँ ।

    अहिलेको चुनौतीको बीचमा दुई पार्टीलाई एक गर्ने कुरामा हामीबीच एक खालको सहमति भएको छ । यही अवसरलाई समातेर हामी फेरि पनि भेटघाट र छलफल अगाडि बढाउने दुई पक्षबीच साझा सहमति भएको छ,’ उनले भने ।

    नेता गुरुङले राष्ट्रपति निर्वाचनका विषयले पार्टी एकताको सम्भावना पनि अगाडि बढ्न सक्ने सम्भावना रहेको बताए । उनले भने, ‘समय बलवान छ समयको शक्तिले हामीबीचको आग्रह पूर्वाग्रह, रिस राग सबैलाई छोपेर अगाडि बढ्ने बाटो भेटेको छौँ । वार्ता सकारात्मक छ।’

  • सम्बन्धित विषय:

  • # सुवास नेम्वाङलाई भोट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology