Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विद्यार्थी संगठन विघटन नभएको भन्दै माओवादी महासचिव गुरुङले पठाए पत्र

विद्यार्थी संगठन विघटन नभएको भन्दै माओवादी महासचिव गुरुङले पठाए पत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७९ बिहिवार • १४:४३:५६ बजे
  • 1.1K
    SHARES
  • विद्यार्थी संगठन विघटन नभएको भन्दै माओवादी महासचिव गुरुङले पठाए पत्र

    नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले विद्यार्थी संगठन विघटन नभएको भन्दै सबै विश्वविद्यालयसहित आंगिक क्याम्पसलाई पत्र पठाएका छन् ।

    images

    अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह नेतृत्वको कमिटी आधिकारिक भएको भन्दै महासचिव गुरुङले पत्र पठाएका हुन् । आगामी स्ववियु चुनावमा विद्यार्थी संगठन विघटन भएको भन्दै असर पर्न सक्ने भएकाले पत्र लेखेर गुरुङले स्पष्ट पारेका हुन् ।

    पार्टीको लेटर प्याड प्रयोग गरी गुरुङले हस्ताक्षर गरेर विश्वविद्यालयलाई पत्र पठाएका छन् ।

    गुरुङ त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, कृषि वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयलाई पत्र पठाएका हुन् ।

    अखिल क्रान्तिकारीमा पन्चा सिंह नेतृत्वको कमिटीविरुद्ध पवन कार्कीले देशैभर समान्तर कमिटी बनाएका थिए । पार्टी स्थायी समिति बैठकले पन्चा सिंह नेतृत्वको कमिटी विघटन गरेर आयोजक कमिटी बनाएको भन्दै सञ्चार भएको थियो ।

    स्ववियु चुनावमा एउटै पार्टीको दुई संगठन भएमा समस्या हुने भन्दै विघटन भएको भनिएको थियो । तर, ती सबैलाई पत्राचार गर्दै महासचिव गुरुङले पन्चा सिंह नेतृत्वको कमिटी नै आधिकारिक भएको भन्दै सबै विश्वविद्यालयलाई पत्र पठाएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology