Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै

उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७९ शुक्रवार • ११:५८:३९ बजे
  • 418
    SHARES
  • उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै

    कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।

    images

    उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायत रहेका छन् ।

    सम्मेलन आइतबार देखि मङ्गलबारसम्म हुनेछ । मन्त्री श्रेष्ठले अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको पूर्ण सत्रलाई उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन् ।

    श्रेष्ठले विभिन्न देश तथा सङ्घ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

    यसअघि यो सम्मेलनमा प्रधानमन्त्री जाने भनिए पनि राष्ट्रपति निर्वाचनका कारण उनले आफ्नो भ्रमण रद्द गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology