Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादीको प्रष्टीकरण- अंकगणित नमिल्दा पहिचान जोड्न सकेनौं

माओवादीको प्रष्टीकरण- अंकगणित नमिल्दा पहिचान जोड्न सकेनौं

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७९ शुक्रवार • १२:०७:५३ बजे
  • 433
    SHARES
  • माओवादीको प्रष्टीकरण- अंकगणित नमिल्दा पहिचान जोड्न सकेनौं

    नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले भविष्यमा पहिचानमा आधारित नाम ल्याउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images

    संसदीय अंकगणित नमिलेका कारण यसपटक पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न असफल भएको प्रष्टीकरण दिँदै उनले भविष्यमा पहिचान पक्षधर शक्तिहरूको दुईतिहाई संख्यासहित प्रदेशलाई पहिचानयुक्त नाम दिने प्रयासमा लागिरहने बताएका हुन् । विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘दुःखेसोमात्र गरेर इतिहास बन्दैन । संघर्ष र जनमतबाट मात्रै इतिहास निर्माण गर्न सकिन्छ भन्ने तथ्यलाई मध्यनजर गर्दै हामी फेरि दोहोर्‍याउँछौं ।

    भविष्यमा पहिचान पक्षधर शक्तिहरूको दुईतिहाई संख्यासहित प्रदेशलाई पहिचानयुक्त नाम दिने प्रयासमा लागिरहने प्रण गर्दछौं ।’ उनले पहिचानमा आधारित नामकरण गर्न नसक्दा आम पहिचान पक्षधर प्रदेशबासीसँगै आफूहरू पनि दुःखी बनेको बताएका छन् ।

    उनले भनेका छन्, ‘प्रदेशसभाको दुईतिहाइ संख्या भएका दलहरूले नामकरणको प्रस्ताव अघि बढाएपछि हामीले नाममा पहिचान जोड्न अथक प्रयास गर्‍यौं । तर, हाम्रो प्रयास अन्ततः विफल बन्नपुग्यो । हाम्रा अघि थोरै मात्रै विकल्प बाँकी थिए ।

    पहिलो, पहिचानसहितको नाममा दुईतिहाइ मत पुर्‍याउने, दोस्रो नामकरण प्रक्रिया नै रोक्ने र तेस्रो प्रदेश नामकरण नरोक्ने । प्रतिकूल गणितले पहिलो विकल्पको सम्भावना थिएन ।

    दोस्रो विकल्पमा जानु प्रदेशबासीको अपेक्षा र आफ्नै प्रतिबद्धताको पनि विपरीत हुन्थ्यो । त्यसैले हामीले नामकरणमा बाधक नबन्ने विकल्प रोजेका हौं ।’ २०६४ को संविधानसभादेखि नै पहिचानमा आधारित संघीयता माओवादीको प्रमुख माग भएको उनले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # माओवादीको प्रष्टीकरण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology