Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डा. गोविन्द केसीका माग सम्बोधन गर्न नेपाली काँग्रेसको माग

डा. गोविन्द केसीका माग सम्बोधन गर्न नेपाली काँग्रेसको माग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३, २०७७ शनिवार • १९:३५:३५ बजे
  • 1.4K
    SHARES
  • डा. गोविन्द केसीका माग सम्बोधन गर्न नेपाली काँग्रेसको माग
    नेपाली कांग्रेसले चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगतदेखि नै सत्याग्रहमा सरिक अभियन्ता डा। गोविन्द केसीको जुम्लामा जारी पछिल्लो अनशन १ हप्ता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिवार एक विज्ञप्तिमार्फत २०७५ साउन १० गते प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा। केसीसँग सरकारले गरेको सम्झौता त्यही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहोर्‍याएर ‘इमान्दार वार्ता र सार्थक कार्यान्वयन’का लागि सरकारसमक्ष माग गरेका छन् ।

    विक्रम संवत् २०४६ सालको परिवर्तनपश्चात् कांग्रेस नेतृत्वको सरकारको नीति र कार्यक्रमको जगमा एकातर्फ दर्जनौं मेडिकल कलेज देशमा स्थापित भए भने चिकित्सा शिक्षा क्षेत्रको विसंगति अन्त्य गरेर सुधारका लागि कांग्रेसकै नेतृत्वको सरकारले डा। केदारभक्त माथेमाको नेतृत्वमा उच्चस्तरीय कार्यदल निर्माण गरेर प्राप्त सुझावबमोजिम सुधारका विविध कार्य अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

    ‘कांग्रेस नेतृत्वको पछिल्लो सरकारका पालामा आइपुग्दा डा। केसीका मागहरू पूरा गर्दै ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ सो वर्षको कात्तिक २४ गते जारी गरिएको तर वर्तमान सरकारले त्यसलाई विस्थापित गरेपश्चात् एकातर्फ चिकित्सा शिक्षामा सुधारको विषयले सार्थक गति लिन सकेन, अर्कातर्फ डा। केसीको सत्याग्रह फेरि पनि जारी रह्यो,’ विज्ञप्तिमा जनाइएको छ ।

    मुलुकमा शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचनपश्चात् समृद्धिको यात्राका लागि तुलनात्मक रूपले सहज वातावरण निर्मित भएको जनाउँदै कांग्रेसले मुलुक संघीयतामा गएको र कर्णालीमा प्रदेश सरकार पनि अलग अस्तित्वमा रहेको बेलामा कर्णालीको विकास र समग्र समृद्धिका लागि घनिभूत ढंगले आवाज उठ्नु स्वाभाविक र जरुरी रहेको उल्लेख गरेको छ ।

    प्रदेश सभामा प्रतिपक्षीका रूपमा कांग्रेसले त्यो आवाजलाई निरन्तर प्रस्तुत गरिआएको उल्लेख गर्दै प्रवक्ता शर्माले डा। केसीको अनशनले सो विषयलाई बहसको केन्द्रमा स्थापित गर्न योगदान गरेको जनाएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानसम्मको माग अघि सारेर अनशनरत डा। केसीसँग संवाद गरेर उनको जीवनलाई जोखिमबाट जोगाउँदै जायज मागहरू पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न कांग्रेसले संघीय सरकार र कर्णाली प्रदेश सरकारलाई अपिल र आग्रह गरेको छ । रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology