Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ग्रीक रेल दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५७ पुग्यो

ग्रीक रेल दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५७ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७९ शुक्रवार • १२:३६:३३ बजे
  • 526
    SHARES
  • ग्रीक रेल दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५७ पुग्यो

    एजेन्सी । मध्य ग्रीकमा गत मङ्गलबार राति भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

    images

    ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको संख्या ५७ पुगेको हो । उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो । ती घाइते भएकाहरुमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए ।

    अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन भएपछि यसबाट ज्यान जानेको सङ्ख्या ५७ पुगेको त्यहाँका अधिकारीहरले जानकारी दिएका हुन् । दुर्घट्नाग्रस्त यात्रुवाहक रेलमा तीन सय ४६ जना यात्रु सवार थिए ।

    दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको ग्रीक प्रहरीले जनाएको छ । ग्रीक प्रहरीका प्रवक्ताले अझै पनि सो दुर्घटनामा परेका ४८ जना घाइते अस्पतालमा रहेका छन् ।

    ती घाइतेमध्ये छ जना गम्भीर अवस्थामा रहेका र उनीहरुको आइसियुमा उपचार भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology