Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेत नगरीमा छायाङ्कन गरिएको निकै मार्मिक लोकदोहोरी गीत 'पुरानो घाउ' (भिडियो सहित)

कुवेत नगरीमा छायाङ्कन गरिएको निकै मार्मिक लोकदोहोरी गीत 'पुरानो घाउ' (भिडियो सहित)

चन्द्र गाेतामे

चन्द्र गाेतामे

फाल्गुण १९, २०७९ शुक्रवार • २३:३३:४५ बजे
  • 3.7K
    SHARES
  • कुवेत नगरीमा छायाङ्कन गरिएको निकै मार्मिक लोकदोहोरी गीत 'पुरानो घाउ' (भिडियो सहित)

    कुवेत नगरीमा छायाङ्कन गरिएको निकै मार्मिक लोकदोहोरी गीत 'पुरानो घाउ' को भिडियो पुष्कल शर्माको युट्युबबाट सार्वजनिक गरिएको छ । गायक सुन्दर परियारले कुवेतमा कार्यरत रहेर पनि असङ्खे नेपाली गीत सङ्गीत प्रेमीहरुका लागि लोकदोहोरी गीत 'पुरानो घाउ' को भिडियो सहित सार्वजनिक गरेका हुन  ।

    images

    उक्त गीतमा चर्चित गायक तथा गायिका पुष्कल शर्मा  र शान्ती श्री परियारको  सुमधुर आवाजमा रहेको गीतको शब्द र संगीत  गायक सुन्दर परियारको रहेको छ । दुई दर्जनभन्दा बढी गीतमा सुमधुर आवाज र एक दर्जनभन्दा बढी गीतमा आफै शब्द र संगीत गरेका गायक सुन्दर परियारले यस पटक भने निकै मार्मिक लोकदोहोरी गीत 'पुरानो घाउ' मा शब्द लेखेका छन । 'भुल्दै भुल्दै जाउ यो दुखीलाई अब त भुल्दै भुल्दै जाउ, देखेसी बल्झिन्छ उही पुरानो घाउ' प्रेमीले प्रेमिकालाई भुल्न निकै कठिन परेको र प्रेमिकालाई ब्रेनट्युमर  भएका कारण झनै बज्रपात परेको अवस्थालाई भिडियोमा देखाईएको छ । 

    कुवेतलाई कर्मथलो बनाउदै आएका श्याम बिसीको निर्देशन रहेको भिडियोको सम्पादन भने इन्द्र थापा मगरले गरेका छन । उक्त गीतको भिडियोमा कुवेतमै कार्यरत कृष्ण कार्की, मनिषा पाण्डे, श्याम बिसी, गायक बिबि मल्ल थकुरी, गोबिन्द बराल लगायतको अभिनय रहेको छ । उक्त गीतको भिडियो ७३ हजार भन्दा बढीले हेरिसकेका छ्न ।

    भिडियो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology