Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुदैँ

स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुदैँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७९ आइतवार • १०:५४:३२ बजे
  • 316
    SHARES
  • स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुदैँ

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदैछ ।

    images

    त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपरान्ह मतदाता नामावली प्रकाशन गरिने भएको हो ।

    आज प्रकाशित हुने मतदाताको सूचीमा फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ। यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ ।

    फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

    फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

    चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # स्ववियु निर्वाचन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology