Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनकाे भाउ प्रतितोला ३ सयले बढ्याे

सुनकाे भाउ प्रतितोला ३ सयले बढ्याे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७९ आइतवार • १३:१८:०८ बजे
  • 898
    SHARES
  • सुनकाे भाउ प्रतितोला ३ सयले बढ्याे

    नेपाली बजारमा आज (आइतबार) पहेँलो धातु सुनको भाउ बढेको छ ।

    images

    आज छापावाल सुनको भाउ अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला एक लाख २ हजार ५ सयमा कारोबार भएको सुनको भाउ आज एक लाख २ हजार ८ सय तोकिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २ हजार ३ सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख २ हजार थियो ।

    त्यस्तै आज चाँदीको भाउ अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार दुई सय ७५ पुगेको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # ३ सयले बढ्याे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology