Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घेराबन्दीविरुद्ध लडिरहेको छु, तर धेरै चर्को भन्न हुन्न : प्रचण्ड

घेराबन्दीविरुद्ध लडिरहेको छु, तर धेरै चर्को भन्न हुन्न : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७९ आइतवार • १४:४३:०८ बजे
  • 1.0K
    SHARES
  • घेराबन्दीविरुद्ध लडिरहेको छु, तर धेरै चर्को भन्न हुन्न : प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको बताएका छन् ।

    images

    शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले पूर्व माओवादी एकठाउँमा आउनुपर्नेमा जोड दिएका छन् ।

    तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भन्ने महसुस गर्ने हो भने एकतालाई कसैले रोक्न नसक्ने उनले बताए । प्रचण्डले अघि भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु । अरु पनि लडिरहनुभएको छ ।

    हामी एकठाउँमा केन्द्रित भयौं भने अजय हुन्छौं ।’ तर आफू प्रधानमन्त्री पनि भएकाले धेरै चर्को बोल्दा पनि बिग्रिने उनले सुनाए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले चर्को भन्न हुन्न, तपाईंहरुले भन्दा हुन्छ ।’ उनले माओवादी आन्दोलनका सबै नेताहरु एकै ठाउँमा आउनुपर्ने समय आएको बताए ।

    माओवादी जनयुद्धमा शीर्ष तहमा रहेका नेताहरु सम्मिलित कार्यक्रममा प्रचण्डले भने, ‘बाबुरामजी विप्लवजी, किरणजीले हासिल गरेका अनुभवहरु, धमेन्द्र जीले अहिले अनुभव हासिल गर्दै हुनुहुन्छ ।

    यी सबै अनुभवलाई हाम्रा अनुभव भनौं ।’ अनुभवहरु एकत्रित गरेर एक ठाउँ हुँदा कुनै शक्तिले कमजोर बनाउन नसक्ने प्रचण्डले बताए । ‘घेराबन्दीका विरुद्ध म लडिरहेको छु । घेराबन्दीका विरुद्ध लडिरहेका सबै शक्तिहरु एकठाउँमा उभिएर लड्यौं भने आन्दोलन अमर र विजयी हुनसक्छ,’ प्रचण्डले भने ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology