Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादीलाई अपराधी भन्नेहरुलाई ठेगान लगाइदिने विप्लवको चेतावनी

माओवादीलाई अपराधी भन्नेहरुलाई ठेगान लगाइदिने विप्लवको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७९ आइतवार • १८:१६:५८ बजे
  • 409
    SHARES
  • माओवादीलाई अपराधी भन्नेहरुलाई ठेगान लगाइदिने विप्लवको चेतावनी

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादीलाई ‘अपराधी र हत्यारा’ भन्नेहरूलाई ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

    images

    आइतबार काठमाडौंमा आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रममा बोल्दै विप्लवले माओवादीहरु अपराधी नभएको समेत दावी गरे । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘माओवादीलाई अपराधी’ भनेको सह्य भएपनि आफूलाई सह्य नहुने बताए । महाससचिव विप्लवले भने, ‘आज माओवादीले सारा बिगा¥यो भन्नेहरू छन् ।

    भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू बजारमा यो छ । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा । तर, मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने तागत हामीसँग छ, हामी लगाइदिन्छौँ ।’

    लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार कसैलाई नभएको उनको भनाइ छ । उनले माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहो¥याउने चेतावनी दिए ।

  • सम्बन्धित विषय:

  • # विप्लवको चेतावनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology