Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालमा राजतन्त्र पुनःस्थापना हुन असम्भव छ : धर्मेन्द्र बास्तोला

नेपालमा राजतन्त्र पुनःस्थापना हुन असम्भव छ : धर्मेन्द्र बास्तोला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७९ आइतवार • १८:२०:२० बजे
  • 670
    SHARES
  • नेपालमा राजतन्त्र पुनःस्थापना हुन असम्भव छ : धर्मेन्द्र बास्तोला

    नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने असम्भव भएको बताएका छन् ।

    images

    आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौँमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा वेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना नभएको बताएका हुन् ।

    उनले जसले जति नारा लगाए पनि राजतन्त्र नफर्किने बताए । उनले देशमा अधुरा रहेका क्रान्तिहरु सम्पन्न गर्नका लागि सबै कम्युनिष्ट शक्तिहरु मिल्नुपर्ने बताए । उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्ने धारणाा राखे ।

    उनले भने– ‘अहिले राजतन्त्र सम्भव छैन यहाँ । जसले जति नारा लगाए पनि । पछाडी फर्कने कुराले अगाडि जान सकिँदैन । त्यसकारण अहिले हामी सबै माओवादीहरु एक ठाउँमा हुन जरुरी छ । तर के को निम्ति ? अगाडी जानको निम्ति । अगाडी बढ्नका निम्ति ।

    नेपालमा अधुरो रहेका शहीदका सपनाहरु पूरा गर्नको निम्ति । शहीदको सपना पूरा गर्ने भनेको अधुरो रहेको क्रान्ति सम्पन्न गर्ने कुरा हो । नयाँ जनवादसहित वैज्ञानिक समाजवादी गर्ने कुरा हो ।’ अध्यक्ष बास्तोलाले भने, ‘अहिले भन्दै हुनुहुन्छ उहाँहरु साथीहरुले नयाँ जनवाद सम्पन्न भयो भन्दै हुनुहुन्छ, यस्तै हुन्छ नयाँ जनवाद भित्र ? यस्तो हुँदैन । अहिले फेरि ०५२ सालको जस्तो पनि सम्भव छैन

    । नयाँ तरिकाले गर्नुपर्ने छ । नयाँ तरिकाले हामी संरक्षित हुनुपर्नेछ । नयाँ तरिकाले विश्लेषण गर्नुपर्नेछ । नयाँ तरिकाले हामी अगाडी बढ्नुपर्ने छ । त्यसको निम्ति हामी सबै एकठाउँमा आउँ । अगाडी बढौँ । नेपालमा क्रान्ति कसैले रोक्न सक्दैन ।

    इतिहासको प्रवाहलाई कसैले रोक्न सक्दैन । यहाँ पूरै पछाडि फर्किएर राजतन्त्र फर्केर आउने बेलायत होइन । यो जापानपनि होइन । १७ औँ शताब्दी, १५ औँ शताब्दीको बेलायत होइन ।

    जहाँ फेरि राजतन्त्र फर्केर आओस् । यो २१ औँ शताब्दीको दुनियाँ छ । वैज्ञानिक समाजवाद स्थापना हुन्छ । सबै कम्युनिष्ट पार्टीहरु एक ठाउँ होऔँ ।’ संयोजक बास्तोलाले राजतन्त्र फर्किनका लागि नेपाल १५ औँ शताब्दीको बेलायत नभएको टिप्पणी गरे ।

  • सम्बन्धित विषय:

  • # धर्मेन्द्र बास्तोला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology