Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विवाहित महिला अर्को पुरुषसँग भागिन्, श्रीमानले बदला लिँदै श्रीमतीका प्रेमीकी पत्नी विवाह गरे

विवाहित महिला अर्को पुरुषसँग भागिन्, श्रीमानले बदला लिँदै श्रीमतीका प्रेमीकी पत्नी विवाह गरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७९ आइतवार • १८:५७:२१ बजे
  • 865
    SHARES
  • विवाहित महिला अर्को पुरुषसँग भागिन्, श्रीमानले बदला लिँदै श्रीमतीका प्रेमीकी पत्नी विवाह गरे

    मानिसहरू भन्ने गर्छन् कि वास्तविक जीवन काल्पनिक भन्दा पनि अजिब हुन्छ र यो अचम्मको प्रेम कथाले यो कुरालाई प्रमाणित गरेको छ । भारतका एक व्यक्तिकी श्रीमती अर्को मानिसलाई भागिन् ।

    images

    ती श्रीमान्ले श्रीमतीका प्रेमीकी श्रीमतीसँग विवाह गर्ने निर्णय गरे । भारतको बिहार राज्यका निरज र रुबी देवीको सन् २००९ मा विवाह भएको थियो । यी दुईका चार सन्तान छन् ।

    एक समयमा निरजले उनकी श्रीमतीको अन्य व्यक्तिसँग नै अफेयर भएको थाहा पाए । रुबीलाई उनका प्रेमीसँग छुटाउन उनले सक्दो प्रयास गरे तर उनी अघिल्लो वर्ष मुकेशसँग भागिन् । पछि उनीहरूले विवाह नै गरे । निरजले पछि पञ्चायतमा आफ्नो कुरा पनि राखे तर मुकेश र रुबीले आफ्नो ढिपी छोडेनन् । तर कथा यहाँ नै समाप्त हुँदैन ।

    विवाहितहरू प्रेमी–प्रेमिकासँग भागेको समाचार हामीले समय समयमा सुन्दै आएका छौँ । र उनीहरूका पार्टनर कि त आफ्नो जीवनमा अघि बढ्छन् कि आफ्नो पार्टनर फर्कने आशा गरेर बस्छन् तर यो घटनामा भने निरजको जीवनमा तेस्रो व्यक्तिको आगमन भयो ।

    उनकी श्रीमतीका प्रेमी पनि रुबी नै नाम भएकी महिलासँग विवाहित थिए र यी दुईका दुई सन्तान पनि थिएन । श्रीमती फर्किने कुनै छाँटकाँट नदेखेपछि उनले मुकेशकी श्रीमतीलाई विवाहको प्रस्ताव राखे ।

    यो जोडीले अघिल्लो महिना विवाह गरे । यो घटनापछि उनीहरूको विवाहको चर्चा व्यापक छ । इन्डिया टुडेका अनुसार निरज र मुकेशकी श्रीमतीबीच त्यति बेला कुराकानी हुन थाल्यो जब यी दुईका पार्टनर सँगै भागे ।

    दुःखका बेला सँगै रुँदा–रुँदै यी दुई एक–अर्काको मायामा परे । फेब्रुअरी १८ मा यी दुईले विवाह गरे र उनले मुकेशका सन्तानलाई आफ्नो सन्तानको रूपमा अपनाए । यस्तै, मुकेशले पनि उनका चार सन्तानमध्ये तीन जनालाई आफ्नै सन्तानको रूपमा स्वीकारेका छन् । एक जना छोरी निरजसँगै बस्छिन् ।

    निरजले यसअघि मुकेशविरुद्ध आफ्नी श्रीमतीलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि मुकेश अझै पनि फरारको सूचीमा छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology