Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुख्यमन्त्री शाहले पाए दुई तिहाइ सदस्यको विश्वासको मत

मुख्यमन्त्री शाहले पाए दुई तिहाइ सदस्यको विश्वासको मत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७९ आइतवार • १९:१७:५७ बजे
  • 802
    SHARES
  • मुख्यमन्त्री शाहले पाए दुई तिहाइ सदस्यको विश्वासको मत

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् ।

    images

    प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् ।

    प्रदेश सभामा मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका हुन् ।

    ५३ सदस्यीय रहेको प्रदेश सभामा नेकपा एमालेका १० जना (उपसभामुख समेत) र राप्रपाका १ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा बस्दै मुख्यमन्त्री शाहलाई विश्वास मत नदिएका हुन् ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको थियो ।

    त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा शाह नियुक्त भएका हुन् । उनी माघ २६ गते नियुक्त भएका थिए ।

  • सम्बन्धित विषय:

  • # विश्वासको मत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology