Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्डविरुद्धको मुद्दामा नाै दलको ध्यानाकर्षण

प्रचण्डविरुद्धको मुद्दामा नाै दलको ध्यानाकर्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७९ सोमवार • ०९:३६:३३ बजे
  • 388
    SHARES
  • प्रचण्डविरुद्धको मुद्दामा नाै दलको ध्यानाकर्षण

    सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओदावी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दा दर्ता गर्न आदेश दिएको प्रति सत्तारुढ आठदलीय गठबन्धनले आपत्ति जनाएको छ ।

    images

    आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धनको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केही समययता संक्रमणकालीन न्यायबारेमा उठेका विषयमा हाम्रो ध्यान गम्भीर रुपले आकृष्ट भएको छ ।’

    शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावनाअनुरुप तार्किक निष्कर्षमा पु¥याउन गठबन्धन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

    द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवं परिवारलाई न्याय दिन आवश्यक विधेयक सर्वोच्च अदालतको फैसला कमोजिम कानुन बन्नेगरी संसदको यसै अधिवेशनमा प्रस्तुत गर्ने गठबन्धनले प्रतिवद्धता जनाएको छ ।

    कानुन निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी आयोग गठन गर्ने प्रतिवद्धता जनाएको गठबन्धनले मुलुककै महत्वपूर्ण एजेण्डाको रुपमा रहेको साझा विषयलाई उचित निष्कर्षमा पु¥याउन पर्ने बताएको छ ।

    गठबन्धनको संयुक्त विज्ञप्तिमा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईको समेत हस्ताक्षर रहेको छ ।

  • सम्बन्धित विषय:

  • # नाै दलको ध्यानाकर्षण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology