Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निर्वाचन क्षेत्र समिति गठनका लागि रास्वपाले थाल्यो तयारी

निर्वाचन क्षेत्र समिति गठनका लागि रास्वपाले थाल्यो तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७९ सोमवार • १४:२०:४६ बजे
  • 301
    SHARES
  • निर्वाचन क्षेत्र समिति गठनका लागि रास्वपाले थाल्यो तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति पनि गठन गर्ने भएको छ।

    images

    हालै सातै प्रदेश समिति पनि गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि संगठन निर्माण गर्न लागेको हो । रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यहरूबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्ने लागेको महामन्त्री डा. मुकुल ढकालले बताए ।

    समितिमा रहनका लागि इच्छुकले चैत १५ गतेसम्म आवेदन दिनुपर्ने ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनका अनुसार पार्टीको एपमार्फत आवेदन दिन सकिने छ।

    अनलाइन मतमार्फत निर्वाचन क्षेत्र समिति गठन गरिने पनि उक्त पार्टीले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology