Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री प्रचण्ड माथिको मुद्दा व्यक्तिगत होइन, हामी सबैको हो : मन्त्री दुलाल

प्रधानमन्त्री प्रचण्ड माथिको मुद्दा व्यक्तिगत होइन, हामी सबैको हो : मन्त्री दुलाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७९ सोमवार • १६:५६:०८ बजे
  • 898
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड माथिको मुद्दा व्यक्तिगत होइन, हामी सबैको हो : मन्त्री दुलाल

     बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ले देश र जनताका अधिकारको रक्षा नै महत्वपूर्ण विषय भएको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका दुलालले देश र जनताको अधिकारको रक्षाबाहेक सबै कुरा सहायक हुने बताएका हुन् । 

    images


    उनले प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि लगाइएको मुद्दा व्यक्तिगत नभइ समग्र भएको बताए । उनले प्रचण्ड माथिको मुद्दा सबैको भएको भन्दै सो बिषयलाई नजर अन्दाज गरेर देश सहि मार्गमा अघि बढ्न सक्छ ? भन्ने प्रश्न गरेका छन् ।


    ‘जनताको अधिकारको रक्षा, देशको रक्षा र समृद्धि बाहेक हाम्रा लागि सबै कुरा सहायक हुन् ।’ उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड प्रचण्ड माथिको मुद्दा व्यक्तिगत होइन, समग्र हो । हामी सबैको हो ? के यो बिषयलाई कसैले नजर अन्दाज गरेर देश सहि मार्गमा अघि बढ्न सक्छ ?’

    यस्तो छ उनको स्टाटस


    शान्ति प्रक्रियालाई पूर्णता दिई विकास र समृद्धिको यात्रामा अघि जाने की देशलाई सधैं द्वन्द्वमा धकेल्ने ?  नेपालमा दश वर्ष लामो जनयुद्ध, मधेश आन्दोलन र अन्य संघर्ष भएका हुन् र त्यस क्रममा राज्य र विद्रोही दुवै पक्षका कारण धेरै नेपालीको मृत्यू भएको हो । 

    जीवन गुमाउने अधिकांश सहिदहरु आफैं स्वेच्छाले राष्ट्रको लागि बलिदान दिन तयार भएरै सहिद भएको हो । जनयुद्धका नायक प्रचण्ड लगायत हामी पनि मुक्ति या मृत्युको सपथ लिएर युद्धमा सहभागी भएका हौं । जनयुद्धको प्रमुखको हैसियतमा अध्यक्ष प्रचण्डले, जनयुद्धका उपलब्धि र कमी कमजोरीका बारेमा सम्बोधन गर्नु जायज र उच्च इमान्दारिता हो । 

    जनयुद्ध र जनआन्दोलन, मधेश आन्दोलनका कारण देशमा राजनीतिक परिवर्तन र जनअधिकार प्राप्त भएको हो ।  जनयुद्ध/जनआन्दोलन/मधेश आन्दोलनमा भएका घटनाका बारेमा सत्य तथ्य एकिन गरी शान्ति प्रक्रिया टुंग्याउन “सत्य निरुपण तथा मेलमिलाप आयोग” स्थापित छ र आयोगले नै यस बिषयको टुंगो लगाउने कानूनी व्यवस्था छ । 

    सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड प्रचण्ड माथिको मुद्दा व्यक्तिगत होइन, समग्र हो । हामी सबैको हो ? के यो बिषयलाई कसैले नजर अन्दाज गरेर देश सहि मार्गमा अघि बढ्न सक्छ !? हो, हामी हिजो युद्धमा मुक्ति या मृत्युको सपथ लिएरै सहभागी भएका हौं ।

    जनयुद्धको विकसित अवस्था र देशको आवश्यकताले तत्कालीन सात राजनीतिक दल र माओवादीबीच सहमति भएर संयुक्त राष्ट्र संघ लगायत अन्तराष्ट्रिय समुदायको सहजिकरणमा जनमुक्ति सेनाको राष्ट्रिय सेनामा समायोजन गरी शान्ति प्रक्रिया अघि बढेको हो । 

    हामीले राजनीतिक व्यवस्थामा केही सम्झौता गरेका हौं, सबै उदेश्य छोडेका होईनौं । राष्ट्रका लागि जीवन कुर्वानी गर्न हिजो पनि तयार थियौं, आज पनि छौं र भोली पनि रहिरहने छौं ।  जनताको अधिकारको रक्षा, देशको रक्षा र समृद्धि बाहेक हाम्रा लागि सबै कुरा सहायक हुन् । 

    शान्ति प्रक्रियालाई बिथोल्ने कुनै पनि गतिबधि राष्ट्रको हितमा छैन र ती कुरा हामीलाई सह्य हुने छैन ।  सत्य बुझ्ने कोशिस गरौं ! अघि बढ्ने हिम्मत गरौं ! राष्ट्रका लागि सोचौं !  सबैमा अभिवादन !

  • सम्बन्धित विषय:

  • # मन्त्री दुलाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology