Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बहालवाला प्रधानमन्त्रीविरुद्धको मुद्दा नियमित अदालतले हेर्न मिल्दैन : बाबुराम

बहालवाला प्रधानमन्त्रीविरुद्धको मुद्दा नियमित अदालतले हेर्न मिल्दैन : बाबुराम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७९ सोमवार • १६:५८:०६ बजे
  • 742
    SHARES
  • बहालवाला प्रधानमन्त्रीविरुद्धको मुद्दा नियमित अदालतले हेर्न मिल्दैन : बाबुराम

    नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीविरुद्धको मुद्दा नियमित अदालतले हेर्न नमिल्ने बताएका छन् । उनले जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न नहुने तर्क गरेका छन् ।

    images

    सोमबार ट्विटरमा शान्ति सम्झौताअनुसार जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न नहुने तर्क गरेका छन् ।

    उनले त्यस्ता मु्द्दा सत्तय निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने तर्क गरेका छन्।

    उनले बहावलाला प्रधानमन्त्रीलाई मुद्दा लगाउनै पाइन्न नभनेको भन्दै तर शान्ति मम्झौता अनुसार जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न नमिल्ने बताएका छन्।

    उनले भनेका छन्, ‘बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन ! मज्जाले पाइन्छ १म आफै प्रम छॅदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजीर भएको छु ! तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टीआरसीले हेर्ने हो, नियमित अदालतले हैन ! प्रम प्रचण्डको हकमा पनि त्यही हो ! आवेग हैन विवेकले काम गरौं !’

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology