Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा जनता समाजबादी पार्टीका नेता कार्यकर्ताबीच झडप

आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा जनता समाजबादी पार्टीका नेता कार्यकर्ताबीच झडप

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३, २०७७ शनिवार • २२:१५:२४ बजे
  • 1.6K
    SHARES
  • आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा जनता समाजबादी पार्टीका नेता कार्यकर्ताबीच झडप
    जनता समाजबादी पार्टीका कार्यकर्ताहरुबीच नै झडप भएको छ ।संविधान दिवसको विरोधमा जनता समाजवादी पार्टीले शनिबार राजविराजमा गरेको कार्यक्रममा आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा नेताकार्यकर्ताबीच झडप भएको हो । अवधेशकुमार झाले कान्तिपुरमा लेखेका छन ।

    तात्कालीन समाजवादी पार्टीका चितरन्जन यादवले कार्यक्रमको सञ्चालन गर्दे तात्कालीन राजपाका जिल्ला अध्यक्ष हरेराम यादवलाई अध्यक्षता गराएका थिए । उनले पार्टीका केन्द्रीय सदस्य अनिरुद्रप्रसाद सिंह यादवलाई प्रमुख अतिथी ,प्रदेश सासंद अभिषेक यादब र नेत्रविक्रम साह तथा तात्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई मात्र आसन ग्रहण गराएका थिए ।

    पहिलो वक्ताका रुपमा विद्यार्थी नेता शम्भु यादवले मन्तब्य सुरु गर्ने बितिकै केही नेता कार्यकर्ताहरु मञ्च अगाडी विरोध गर्न थालेपछि झडप सुरु भएको थियो ।

    कार्यक्रम सञ्चालक यादवलाई केही नेता कार्यकर्ताहरुले मञ्चबाट धकेलेर निकालेका थिए । असन्तुष्टहरुले पार्टीका अन्य केन्द्रीय सदस्यहरु,निर्वाचित जनप्रतिनिधीहरु तथा वरिष्ठ नेताहरुलाई आसन ग्रहण नगराएको भन्दै विरोधमा उत्रिएपछि झडप भएको थियो ।

  • सम्बन्धित विषय:

  • # जनता समाजबादी पार्टी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology