Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

शान्ति सम्झौता टुंगोमा पुर्‍याउन माग गर्दै वाइसिएलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

शान्ति सम्झौता टुंगोमा पुर्‍याउन माग गर्दै वाइसिएलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७९ मंगलवार • १०:२८:५८ बजे
  • 487
    SHARES
  • शान्ति सम्झौता टुंगोमा पुर्‍याउन माग गर्दै वाइसिएलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

    नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले शान्ति सम्झौतालाई छिटो टुंगोमा पुर्याउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

    images

    वाइसिएलको निर्णय अनुसार शान्ति सम्झौतालाई छिटो टुंगोमा पुर्याउन माग गर्दै मंगलबार प्रधानमन्त्री प्रचण्ड, सातै प्रदेशका मुख्यमन्त्री र ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

    १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौताको कार्यान्वयन गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन माग राख्दै ज्ञापनपत्र बुझाउन लागिएको वाइसिएलका अध्यक्ष सुबोध सिरपालिले बताए ।

    उनका अनुसार केन्द्रीय कमिटीले प्रधानमन्त्री प्रचण्ड, प्रदेश कमिटीले मुख्यमन्त्री र जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने छ । उनले भने, 'शान्ति प्रक्रिया अझै टुंगो लागेको छैन ।

    १६ वर्षसम्म पनि टुंगो नलाग्नु दुःखद हो । अब ढिलो गर्नु हुँदैन । पीडितले न्याय पाउनु पर्छ । ढिला न्याय दिनु भनेको न्याय नदिनु हो ।' यस्तै वाइसिएलले शान्ति प्रक्रिया तत्काल टुंगो लगाउन दबाब दिन ७७ जिल्लामा कोणसभा पनि गर्ने भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology