Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गणतन्त्र विरोधी प्रतिगामी शक्तिको गतिविधि नियन्त्रण गर्न वाइसीएलको माग

गणतन्त्र विरोधी प्रतिगामी शक्तिको गतिविधि नियन्त्रण गर्न वाइसीएलको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७९ मंगलवार • १६:४१:५१ बजे
  • 316
    SHARES
  • गणतन्त्र विरोधी प्रतिगामी शक्तिको गतिविधि नियन्त्रण गर्न वाइसीएलको माग

    योङ कम्युनिस्ट लीग (वाइसीएल)ले नेपाली जनताको अथक संघर्ष र बलिदानबाट प्राप्त संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुक प्रतिगामी शक्तिहरूले केही दिनयता अस्वाभाविक तरिकाले गरिरहेको गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार ज्ञापनपत्र बुझाउँदै वाइसीएलले षड्यन्त्रकारी, व्यवस्था विरोधी, अराजक, अस्वाभाविक गतिविधिहरूको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र व्यवस्थाको सुदृढीकरणको लागि नेपाल सरकार समक्ष माग गरेको हो ।

    संगठनले शान्ति प्रक्रियाका बाँकी कामहरुको निरूपण गर्न, द्वन्दकालिन घटनाबाट पीडित नागरिक एवं उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक निर्माण गरी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरी सङ्क्रमणकालीन न्यायको बारेमा मुलुकमा उठेका महत्त्वपूर्ण विषयहरूको निरूपण गर्न शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना र मर्म अनुसार तार्किक निष्कर्षमा पुर्याउन समेत सरकार सरकार समक्ष जोडदार माग गरेको छ ।

    ‘जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका क्रममा सहादत प्राप्त गर्ने महान् योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई सम्मानित वातावरणमा बाँच्न सक्ने गरी उचित राहत, क्षतिपूर्ति र व्यवस्थापनको लागि जोडदार माग गर्दछौं’, ५ बुँदे ज्ञापनपत्रमा भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # वाइसीएलको माग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology