Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालको इतिहासमा पहिलोपटक महिला क्रु–मेम्बरहरूले मात्रै भरे अन्तर्राष्ट्रिय उडान

नेपालको इतिहासमा पहिलोपटक महिला क्रु–मेम्बरहरूले मात्रै भरे अन्तर्राष्ट्रिय उडान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७९ बुधवार • १०:०५:३२ बजे
  • 529
    SHARES
  • नेपालको इतिहासमा पहिलोपटक महिला क्रु–मेम्बरहरूले मात्रै भरे अन्तर्राष्ट्रिय उडान

    नेपालको इतिहासमा पहिलो पटक नेपाली महिला पाइलट समूहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड राखेका छन् ।

    images

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगमले युएईका लागि अहिले उडेको आफ्नो विमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेका हुन् ।

    युएईबाट काठमाडौँका लागि आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहाजका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ ।

    सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ । नाइन एन एकेएक्स जहाजको कमान्ड पाइलट भावना गिरी पन्तले गरेकी छिन भने को–पाइलटमा सृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, सङ्गीता केसी र अनिशा प्रजापति रहेका छन्।

    यसअघि दुबई काठमाडौँका लागि यसअघि पनि दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका थिए । तर सबै क्रु–मेम्बर महिला मात्रै भएर अन्तर्राष्ट्रिय उडान भरेको भने यो पहिलो पटक हो ।

  • सम्बन्धित विषय:

  • # अन्तर्राष्ट्रिय उडान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology