Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बङ्गलादेश भवन विष्फोट : १४ जनाको मृत्यु, सयभन्दा बढी घाइते

बङ्गलादेश भवन विष्फोट : १४ जनाको मृत्यु, सयभन्दा बढी घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७९ बुधवार • १०:४६:३१ बजे
  • 490
    SHARES
  • बङ्गलादेश भवन विष्फोट : १४ जनाको मृत्यु, सयभन्दा बढी घाइते

    ढाका । बङ्गलादेश एक व्यावसायिक भवनमा मंगलबार अपराह्न भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।

    images

    ढाका मेडिकल कलेज शिक्षण अस्पतालका एक अधिकारीका अनुसार विष्फोटस्थलबाट १४ जनाको शव अस्पतालमा ल्याइएको छ । अस्पतालका निर्देशक ब्रिगेडियर जनरल मोहम्मद नजमुल हकले अस्पतालमा एक सयभन्दा बढी घाइतेको उपचार गरिएको तथा धेरैलाई सघन उपचार कक्षमा राखिएको बताएका छन् ।

    घटनास्थलमा कम्तीमा ११ वटा दमकलले परिचालन भएका छन् । विस्फोटबाट पुरानो ढाकाको सिद्दिकी बजार क्षेत्रमा एउटा साततले र अर्को पाँचतले दुईवटा भवनमा क्षति भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

    विष्फोट साततले भवनमा भएको हो । विस्फोटबाट नजिकैको भवनमा रहेको बैंकमा पनि क्षति भएको छ भने सडकको छेउमा रहेको यात्रुवाहक बसमा पनि क्षति भएको छ । विस्फोटको कारण खुलेको छैन ।

    बेलाबेलामा बङ्गलादेशमा कारखानामा कामदार फस्नेलगायत औद्योगिक दुर्घटना भई रहन्छन् । प्रभावकारी सुरक्षा उपाय अवलम्बन नगर्दा यस्ता दुर्घटना हुनेगरेको आरोप पीडित पक्षले लगाउँदै आएको छ ।

    गत वर्ष देशको मुख्य बन्दरगाह चटगाउँ नजिक रहेको सिपिङ कन्टेनर डिपोमा आगो लाग्दा नौ जना अग्निनियन्त्रकसहित ४१ जनाले ज्यान गुमाएका थिए भने एक सयभन्दा बढी घाइते भएका थिए ।

  • सम्बन्धित विषय:

  • # सयभन्दा बढी घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology