Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फोरजी सुरु भएको चार वर्ष पुग्न लाग्दा पनि गति सुस्त

फोरजी सुरु भएको चार वर्ष पुग्न लाग्दा पनि गति सुस्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७७ आइतवार • ०८:२६:१४ बजे
  • 1.3K
    SHARES
  • फोरजी सुरु भएको चार वर्ष पुग्न लाग्दा पनि गति सुस्त

     विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधिका रूपमा रहेको फोरजी नेपालमा सुरु भएको चार वर्ष पुग्न चार महिना मात्र बाँकी छ ।

    पहिलोपटक २०७३ पुस १७ गते नेपाल टेलिकमले काठमाडौं उपत्यका र पोखरामा एकैपटक सुरु गरेर नयाँ पुस्ताको फोरजीको नेपालमा औपचारिक प्रवेश गराएको थियो । त्यसयता फोरजी सेवा विस्तारका लागि नेपालका तीनवटा दूरसञ्चार सेवा प्रदायकले यसमा अर्बौं लगानी गरे तर तथ्याङ्कले भने फोरजी प्रविधिका लागि गरिएको अर्बौं लगानीको प्रतिफल अझै लिन नसकेको देखिन्छ । उच्च गतिको मोबाइल इन्टरनेट सुविधासहितको फोरजी विस्तारको गति भने निकै ‘सुस्त’ छ ।

    images

    नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा नेपालमा जम्मा छ लाख २२ हजार मात्र फोरजी ग्राहक थपिएका छन् । फोरजीको यस्तो विस्तार पनि समान छैन । फोरजी विस्तारकै लागि करिब २० अर्ब रुपियाँ खर्चिएको नेपाल टेलिकमले गत आवमा जम्मा २६ ग्राहक मात्र थप गर्न सकेको छ । फोरजी सेवा सुरु गरेको तीन वर्ष आठ महिनाको यो अवधिमा टेलिकमका जम्मा आठ लाख ४४ हजार मात्रै फोरजी ग्राहक छन् ।

    एनसेल तुलनात्मक रूपमा फोरजी ग्राहक विस्तारमा अगाडि देखिएको छ । गत आवमा एनसेलका छ लाख १८ हजार ग्राहक थपिएका छन् । यद्यपि ग्राहक विस्तारको यो सङ्ख्या पनि त्यति उच्च भने होइन । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलका अहिलेसम्म ३७ लाख ४७ हजार फोरजी ग्राहक छन् । फोरजीको प्रतिस्पर्धामा एनसेल अगाडि देखिन्छ ।

    आश्चर्यजनक तथ्य त के छ भने तेस्रो ठूलो सेवा प्रदायक स्मार्ट टेलिकमका फोरजी ग्राहक ओरालो लाग्दै छन् । गत आवमा मात्रै स्मार्टले २१ हजारभन्दा बढी फोरजी ग्राहक गुमायो । प्राधिकरणका अनुसार पछिल्लोपटक स्मार्टका जम्मा दुई लाख तीन हजार फोरजी ग्राहक छन् । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology