Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

'शान्ति प्रक्रियाका काम रोक्ने को हुन् ? चिनेका छौँ' : अखिल क्रान्तिकारी

'शान्ति प्रक्रियाका काम रोक्ने को हुन् ? चिनेका छौँ' : अखिल क्रान्तिकारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७९ बुधवार • १२:३६:४३ बजे
  • 565
    SHARES
  • 'शान्ति प्रक्रियाका काम रोक्ने को हुन् ? चिनेका छौँ' : अखिल क्रान्तिकारी

    नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले शान्ति प्रक्रियाका बाँकी काम रोक्नेहरू सलबलाउन थालेको बताएको छ ।

    images

    अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले एक विज्ञप्ति जारी गर्दै देशलाई द्वन्द्वको आगोमा होमेर रोटी सक्न मन पराउने विरुद्ध सङ्घर्षमा उत्रिने बताएकी छन् ।

    प्रधानमन्त्री प्रचण्ड विरुद्ध द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा दायर गर्नु गम्भीर ध्यानाकर्षण भएको सिंहले बताइकी छन् । जनयुद्धकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत टुङ्गो लगाउनु पर्ने सिंहले बताइन् ।

    ‘हामी चाहन्छौँ द्वन्द्वकालीन मुद्दाहरूको बारेमा सत्य निरूपण आयोग र बेपत्ता आयोग मार्फत छिटोभन्दा छिटो काम सम्पन्न होस्’ विज्ञप्तिमा भनिएको छ,‘तर विभिन्न बहनामा हिजो टिआरसी विधेयक रोकेर शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न नदिने को हुन हामीले चिनेका छौँ ।

    आज तीनै शक्तिहरू फेरी सक्रिय हुन खोजिरहेका छन् । देशलाई द्वन्द्वको आगोमा होमेर रोटी सेक्न मन पराउने त्यस्ता शक्तिहरूको विरुद्ध सङ्घर्ष गर्न अखिल क्रान्तिकारी सधैँ तयार छ ।’

  • सम्बन्धित विषय:

  • # अखिल क्रान्तिकारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology