Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रपति निर्वाचनमा राप्रपा सहभागी नहुने

राष्ट्रपति निर्वाचनमा राप्रपा सहभागी नहुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७९ बुधवार • १८:४१:०४ बजे
  • 460
    SHARES
  • राष्ट्रपति निर्वाचनमा राप्रपा सहभागी नहुने

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।

    images

    बिहीबार राष्ट्रपति चयनका हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने राप्रपाले निर्णय गरेको हो ।

    बुधबार बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    उनले भने, ‘राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनैपनि उम्मेदवारलाई भोट नहाल्ने र निर्वाचन प्रक्रियामै सहभागी नहुने निर्णय गरेको छ ।’

    राष्ट्रपति चयनका लागि बिहीबार १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवन नयाँ वानेश्वरमा मतदान कार्यक्रम रहेको छ । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति निर्वाचन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology