Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रपति निर्वाचन : मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध

राष्ट्रपति निर्वाचन : मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७९ बिहिवार • ०९:५९:०९ बजे
  • 349
    SHARES
  • राष्ट्रपति निर्वाचन : मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध

    आज हुने राष्ट्रपति निर्वाचनमा मतदाताहरुलाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाईको छ ।

    images

    मतदाताहरुले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार मतदानस्थलमा मोबाईल लैजान प्रतिबन्ध गरिएको छ ।

    गोप्य मतदान भएकाले तस्विर खिच्न पनि प्रतिबन्ध छ भने यसो गरेका पाईएमा कानुन अनुसार कसुर गरेको ठहरिने उनले बताए । ‘साथै, लाइटर, हातहतियारजस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि समान लैजान पाईने छैन’, उनले भने ।

    राष्ट्रपतिमा गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति निर्वाचन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology