Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पुनः उडान सुरु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पुनः उडान सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७९ बिहिवार • १०:३६:१२ बजे
  • 643
    SHARES
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पुनः उडान सुरु

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पुनः उडान सुरु भएको छ । कुवेतको जजिरा एयरलाइन्सले आजदेखि पुनः उडान सुरु गरेको हो ।

    images

    जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा सातामा ३ दिन उडान गर्नेछ । गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट भैरहवा उडान भर्दै आएको जजिराले पछिल्लो समय मौसमलाई कारण देखाउँदै आफ्ना उडान काठमाडौँ केन्द्रित गरेको थियो । मौसमको कारण देखाउँदै गत डिसेम्बर १६ देखि हिमालय र २१ डिसेम्बरदेखि जजिराले उडान–अवतरण स्थगित गरेको थिए ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जजिराले मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । सोहीअनुसार बिहीबार उडान भरेको हो ।

    विमानस्थल सञ्चालनमा आएको ७ महिनामै अन्तर्राष्ट्रिय उडान रोकिएपछि यस क्षेत्रका व्यवसायी चिन्तित भएका थिए । यसअघि खराब मौसमले भिजिबिलिटी नपुगेको भन्दै यहाँबाट उडान गर्दै आएका दुई वायुसेवा कम्पनीले सेवा नै रोकेका थिए ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक एवं निमित्त महाप्रबन्धक सुभाष झाले अब नियमित उडान हुने विश्वास व्यक्त गरेका छ।

    बिहीबार बिहान ७ः१५ मा गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको जजिराको विमान बिहान ८ः१५ मा फर्किएको छ । ६६ यात्रु लिएर आएको जजिराले फर्कँदा ९३ जना यात्रु लगेको झाले राताेपाटीलाई बताए । ‘आज आउजाउ गर्ने यात्रु केही कम थिए, अर्को उडानमा बढ्ने विश्वास छ’, उनले भने ।

    जजिरा एयरवेजका नेपालस्थित जनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भैरहवा सातामा तीन दिन उडान सुरु गरिएको जनाए ।

    उनले यात्रुको सङ्ख्या हेरे उडान थपघट हुनसक्ने बताए । उनका अनुसार भैरहवाबाट कुवेतका लागि एकतर्फी भाडादर २८ हजार ८३६ रुपैयाँ तोकिएको छ ।

  • सम्बन्धित विषय:

  • # उडान सुरु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology