Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको इञ्जिनमा आगो लागेपछि आकस्मिक अवतरण

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको इञ्जिनमा आगो लागेपछि आकस्मिक अवतरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७९ बिहिवार • १०:३७:५३ बजे
  • 619
    SHARES
  • काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको इञ्जिनमा आगो लागेपछि आकस्मिक अवतरण

    काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ ।

    images

    आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो ।

    यससँगै, विमान भैरहवातर्फ नगई काठमाडौँमै फर्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

    उनले विमान अवतरण भइसकेको र विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेको बताएका छन् । ‘उड्ने बित्तिकै विमानको दायाँ इन्जिनमा आगलागी भयो ।

    तत्कालै विमानस्थलमा सुरक्षित अवतरण गराउन सकियो,’ विमानस्थलका प्रबन्धक प्रताबबाबु तिवारीले भने । तिवारीका अनुसार उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएको भन्दै चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology