Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जनयुद्ध र शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भयो, डटेर प्रतिवाद गरौँ : वाइसिएल अध्यक्ष शेर्पाली

जनयुद्ध र शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भयो, डटेर प्रतिवाद गरौँ : वाइसिएल अध्यक्ष शेर्पाली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७९ बिहिवार • १३:५९:२९ बजे
  • 400
    SHARES
  • जनयुद्ध र शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भयो, डटेर प्रतिवाद गरौँ : वाइसिएल अध्यक्ष शेर्पाली

    नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग(वाइसिएल)का अध्यक्ष सुबोध शेर्पालीले माओवादी जनयुद्ध र शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भएको भन्दै डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् ।  

    images


    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शेर्पालीले षड्यन्त्र हुँदै गए अर्को विद्रोह गर्ने चेतावनी दिए । सर्वोच्च अदलतमा प्रधानमन्त्री प्रचण्डविरुद्ध जनयुद्धकालीन मुद्दा दायर भएपछि माओवादी नेता र जनगर्वीय सङ्गठनका नेता कार्यकर्ता  आक्रोशित भएका हुन् । 


    प्रधानमन्त्री प्रचण्डविरुद्ध आक्रमण हुँदा कुनै नेता कार्यकर्ता नबोलेकोमा समेत शेर्पालीले आपत्ति जनाएका छन् । ‘पार्टीभित्र र बाहिर आक्रमण र रक्षा दुवै प्रचण्ड एक्लैले गर्ने हो ? वा अरू पुस्ता पनि जीवित छ ? आजभोलि यी प्रश्नले बेस्सरी हल्लाएको छ । पद प्राप्ति लोभलालच विलासिता आफ्ना पराइको हिसाब मात्र कमरेडहरूको भूमिका हो कि सङ्कटको बेला नेतृत्व वरिपरि गोलबन्द हुने विषय मुख्य हो ?’ शेर्पालीले फेसबुकमा लेखेका छन्, ‘यहाँ केही नेताहरुको कुरा होइन माओवादीको पदाधिकारी, स्थायी कमिटी अनि ५८२ सदस्यीय केन्द्रीय कमिटी किन चुपचाप छ ? किन बोल्दैन कोही ? कुन शक्तिले रोकेको छ ? सर्वोच्चको मुद्दा सर्वोच्च कमान्डर प्रचण्डलाई मात्र हो कि जनयुद्ध लडेका सबैलाई हो ? यति गम्भीर सवालमा किन हराउँदै छन् आशा गरेका अनुहारहरू ? हामी सबैले गम्भीर भएर सोच्न बुझ्न अनि लड्न जरुरी छ ।’

    फेसबुकमा जस्ताको त्यस्तै 

    यो षड्यन्त्र माओवादी जनयुद्ध शान्ति प्रक्रिया अनि सिङ्गो उपलब्धि विरुद्धको हो । त्यसो हो भने किन मौन होत कमरेड ? अलिकति अप्ठ्यारो लाग्दैन यतिका हुँदा समेत तपाइँ बेखबर गुमनाम हुँदा ? चाहिदा पार्टी साथी अनि नचाहिँदा भूमिगत ? यो पटक्कै भएन । परिवर्तनको रक्षा र महान् जनयुद्धको गौरवपूर्ण इतिहासको सम्मानको लागि म लड्नुपर्छ, तपाईं जाग्नुपर्छ,  हामी सबै माओवादी एक भएर देशी विदेशी प्रतिक्रियावादी र साम्राज्यवादी षड्यन्त्र विरुद्ध आगो बन्नुपर्छ । त्यसैले समीक्षा पछि गरौँला अहिले लडाइ जित्नुछ । कदम रोकेर होइन आम जनतालाई साथमा लिएर बरु अर्को बिद्रोहको लागि तयार हुने तर नझुक्ने नचुक्ने यात्रामा जुटौं । तर मौन रहन भूमिगत बन्न थाहा पाएर अन्जान बन्ने छुट तिमिलाई हामी कसैलाई छैन । एउटा पार्टी  पार्टी ८ घटकमा बिभाजन भइसक्दा पनि एमालेमा रहेका बाहेक अझै सबै अटनुपर्ने एक रहिराखेका दलहरूको केन्द्रीय संरचना भन्दा अनुहार हेरेरै उनलाई तिनलाई अटाउनकै लागि दुई डिजिटको होइन तीन अनि चार डिजिट सम्म पनि कोही मान्छे नअटाउने अपुग हुने ठुला किसिमको बहुरूपी संरचना खारेज गरौँ । पार्टी सदस्यदेखि हाल केन्द्रीय नेता सबैलाई एउटै साङ्गठनिक अनुशासनमा परिचालन गरौँ । दुई डिजिटको केन्द्रीय समिति र कम्युनिस्ट पार्टीको परम्परा अनुसार एकल नेतृत्व वरिपरि फलामे पर्खाल बनेर माओवादी धार तेज बनाऊ । यसैमा हामी सबैको भलो र भविष्य छ । केन्द्रीकृत नेतृत्व चुस्त कमिटी अबको माओवादी बाटो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology