Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको मत रामचन्द्र पौडेललाई

राष्ट्रिय स्वतन्त्र पार्टीको मत रामचन्द्र पौडेललाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७९ बिहिवार • १४:०१:४९ बजे
  • 379
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टीको मत रामचन्द्र पौडेललाई

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् ।

    images

    बिहीबार बसेको बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रुपान्तरण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिलाई मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

    बैठकपछि उनले भने, ‘हाम्रा संसदहरुको एक मत छ, तर निर्वाचन आचारसंहिताका कारण यो गर्ने त्यो गर्ने भन्न पाउँदैनौं ।’

    नेताहरुका अनुसार बैठकमा पछिल्लो समय राष्ट्रपतिको भूमिकाबारे समेत समीक्षा भएको थियो । र, औपचारिक निर्णय नभएपनि पौडेललाई मत दिन सबै सहमत भएको एक नेताले बताए ।

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेललाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology