Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाँच वर्षसम्म एमालेसँग सहकार्य हुन सक्दैन : गगन थापा

पाँच वर्षसम्म एमालेसँग सहकार्य हुन सक्दैन : गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७९ बिहिवार • १४:४३:३६ बजे
  • 997
    SHARES
  • पाँच वर्षसम्म एमालेसँग सहकार्य हुन सक्दैन : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग पाँच वर्षसम्म सत्ता सहकार्यको सम्भव नभएको बताएका छन् ।

    images

    बिहीबार राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारहरुसँग महामन्त्री एवं कांग्रेस सांसद थापाले अब आउने २०८४ को चुनावसम्म एमाले प्रतिपक्षमै बस्ने र त्यसपछि मात्र आफूहरूले एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन् । तर, एमालेका अध्यक्ष केपी ओलीले भने एमालेले कांग्रेससँग सहकार्य गर्न सक्ने बताएका छन् ।

    उनले बिहीबार नै राष्ट्रपति पदका लागि मतदान गरेपछि अध्यक्ष ओलीले कांग्रेससँग एमालेको सहकार्य हुन सक्ने बताएका थिए । उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यही हो ।

    कांग्रेस र एमाले सहकार्य हुनै सक्दैन भनेर कसम खाएको छैनौ ।’ तर, ओलीले यस्तो बताएको केही समयपछि नै गगन थापाले एमालेले पुस १० मा कांग्रेसलाई धोका दिएकाले फेरि एमालेसँग यो संसदको कार्यकालमा सहकार्य हुन नसक्ने बताएका हुन् ।

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology