Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७९ बिहिवार • १७:०२:२७ बजे
  • 625
    SHARES
  • राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

    राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् ।

    images

    उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ ।

    बिहीबार दिउँसो ३ बजे मतदान सकिएसँगै नयाँ बानेश्वरस्थित संसद भवनको स्काईलाइट हलमा मतगणना भएको थियो । मतदानमा कुल ८३१ मत खसेको थियो ।

    कुल ८८४ जना मतदाता रहेकामा संघीय संसद्तर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए । यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् ।

    यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ । यस्तै प्रदेशतर्फ ५५० मध्ये ५१८ मत खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology