Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

८ दलीय गठबन्धनलाई घनिभूत ढंगले अगाडि बढाउँछौं : प्रवक्ता महत

८ दलीय गठबन्धनलाई घनिभूत ढंगले अगाडि बढाउँछौं : प्रवक्ता महत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७९ बिहिवार • १९:१२:४२ बजे
  • 571
    SHARES
  • ८ दलीय गठबन्धनलाई घनिभूत ढंगले अगाडि बढाउँछौं : प्रवक्ता महत

    नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस अवसरवादी पार्टी नभएको बताएका छन् ।

    images

    राष्ट्रपति निर्वाचनपछि संसद भवनमा सञ्चारकर्मीसँग उनले ८ दलीय गठबन्धन अगाडि बढ्ने बताए ।

    ‘नेपाली कांग्रेस पार्टी अवसरवादी पार्टी होइन । हामीले बोलेपछि पुरा गर्छौँ । आठ दलीय गठबन्धनलाई घनिभूत ढंगले अगाडि बढाउनुपर्छ ,’ उनले भने ।

    संविधानको धारा ७६ को उपधारा ३ मा गएर संसदको पहिलो दलको हैसियतले प्रधानमन्त्री बन्न खेलमा कांग्रेस नलाग्ने उनको भनाइ छ । सरकार फेर्ने खेलमा नलाग्ने भन्दै जनताको समस्या समधान गर्नतिर ध्यान दिने महतले बताए ।

    उनले भने, ‘जनताले सुशासनको अपेक्षा गरेका छन् । आर्थिक मन्दी छ । जनता अप्ठ्यारोमा छन् । साना लगानीकर्ता मारमा छन् ।’

  • सम्बन्धित विषय:

  • # प्रवक्ता महत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology