Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै

आज नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७७ आइतवार • १०:०१:१४ बजे
  • 1.1K
    SHARES
  • आज नेकपा सचिवालय बैठक  पेरिसडाँडामा बस्दै

     नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पार्टीकाे अर्काे कार्यालय पेरिसडाँडामा बस्ने भएकाे छ । 

    images

    पूर्व-माओवादी केन्द्रको पार्टी कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्न लागेकाे सचिवालय बैठकमा यसअघि भदौ २६ गतेको नेकपा स्थायी समिति बैठकले गरेका निर्णयहरु कार्यान्वयन पक्षबारे छलफलका हुने जनाइएकाे छ ।

    साेही स्थायी कमिटी बैठकले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ ‘कार्यकारी अध्यक्ष’को अधिकार दिएकाे थियाे । त्यसैकाे कार्यान्वनस्वरूप उहाँले पहिलोपटक आफ्नै पूर्वपार्टी कार्यालय पेरिसडाँडामा नेकपा सचिवालय बैठक बोलाउनुभएको स्राेतकाे दाबी छ । यसअघिका सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेकाे थियाे भने बैठककाे अध्यक्षता प्रायः नेकपा अध्यक्ष समेत रहनुभएएका प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीले गर्नुहुन्थ्याे ।

    पहिलाेपटक दुइ अध्यक्षबीच स्पष्ट कार्यविभाजन र कार्याधिकार तय भएपछिकाे याे पहिलाे सचिवालय बैठकलाइ चासाेका साथ हेरिएकाे छ । स्राेतका अनुसार आज  बस्ने बैठकले पार्टीभित्र स्थायी कमिटीका निर्णय कार्यान्वयन गराउन उपयुक्त मापदण्ड बनाउने, केन्द्रीय तथा  प्रदेशस्तरीय मन्त्रिपरिषद्काे पुनर्गठनका लागि सूची तयार पार्नेलगायत विषयमा छलफल हुनेछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology