Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको मूल्य प्रतितोला आठ सयले बढ्यो

सुनको मूल्य प्रतितोला आठ सयले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २६, २०७९ शुक्रवार • १२:२५:१० बजे
  • 580
    SHARES
  • सुनको मूल्य प्रतितोला आठ सयले बढ्यो

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ ।

    images

    अघिल्लो दिन प्रतितोला रू एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख एक हजार आठ सय तोकिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख एक हजार तीन सय छ ।

    यसको मूल्य अघिल्लो दिन रू एक लाख पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार दुई सय २० कायम रहेको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य प्रतितोला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology