Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिभन्दा फरक लिङ्ग र समूदायको मनोनयनपत्र दर्ता गर्न निर्देशन

उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिभन्दा फरक लिङ्ग र समूदायको मनोनयनपत्र दर्ता गर्न निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २६, २०७९ शुक्रवार • १३:५०:५९ बजे
  • 409
    SHARES
  • उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिभन्दा फरक लिङ्ग र समूदायको मनोनयनपत्र दर्ता गर्न निर्देशन

    निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ ।

    images

    आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायभन्दा फरक व्यक्ति हुनुपर्ने उल्लेख छ ।

    राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग (महिला वा अन्य्) वा फरक समूदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम)बाट उम्मेदवार हुनुपर्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology