Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महिलालाई उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा माओवादी केन्द्र

महिलालाई उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा माओवादी केन्द्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २६, २०७९ शुक्रवार • १४:०७:४२ बजे
  • 808
    SHARES
  • महिलालाई उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा माओवादी केन्द्र

    नेकपा माओवादी केन्द्र महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा देखिएको छ ।

    images

    निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवार हुनसक्ने भनी विज्ञप्ति निकालेको छ ।

    यसबारे सत्ता साझेदार दलहरुको साझा धारणा आइसकेको छैन । तर, माओवादी केन्द्रले पुरुष राष्ट्रपति भएकाले महिला उपराष्ट्रपति हुँदा राम्रो हुने बताएको छ ।

    ‘संविधानमा फरक लिंग वा समुदाय भनिएतापनि अभ्यासमा राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष गराउने अध्यास गर्दै आएका छौं । अभ्यासलाई फलो गर्दा राम्रो हुन्छ’ माओवादी केन्द्रका महासचिव देव गुरुङले भने ।

    महासचिव गुरुङले उपराष्ट्रपति कसले लिने भनेर गठबन्धनमा रहेका दलहरुका बीचमा औपचारिक सहमति समेत नभएको बताएका छन् । ‘जसपाले पनि उपराष्ट्रपतिमा आफ्नो मागदाबी प्रस्तुत गरेको छ’, गुरुङले भने ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology