Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीनविरुद्ध शक्ति दुरुपयोग र सम्पत्ति शुद्धीकरणको मुद्दा

मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीनविरुद्ध शक्ति दुरुपयोग र सम्पत्ति शुद्धीकरणको मुद्दा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७९ शनिवार • ०९:५३:५७ बजे
  • 604
    SHARES
  • मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीनविरुद्ध शक्ति दुरुपयोग र सम्पत्ति शुद्धीकरणको मुद्दा

    क्वालालाम्पर । मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनलाई शुक्रबार शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणलगायत ६ वटा मुद्दामा अभियोग लगाइएको छ । उ

    images

    हाँलाई विभिन्न चार अलग–अलग संस्थाबाट २३२.५ मिलियन रिङ्गिट (५१.४४ मिलियन अमेरिकी डलर) घुस मागेको आरोप लागेको छ । त्यसैगरी सम्पत्ति शुद्धीकरण मुद्दामा मुहिद्दिनलाई कुल १९५ मिलियन रिङ्गिट घुस लिएको आरोप छ ।

    मलेसियाको राष्ट्रिय समाचार एजेन्सी बर्नामाका अनुसार मुहिद्दिनले शक्तिको दुरुपयोग गरेको आरोपमा दोषी पाइएमा २० वर्षसम्मको जेल सजाय र सोही अनुसारको जरिवाना हुनसक्छ ।

    त्यसैगरी मनी लान्ड्रिङको आरोपमा दोषी ठहरिए १५ वर्षसम्म कैद र ठूलै जरिवाना हुन सक्छ । मुहिद्दीनले सबै आरोपमा निर्दोष भएको बताउनु भएको छ ।

    उनलाई बिहीबार हिरासतमा राखी जमानतमा रिहा गरिएको थियो । सन् २०२० मार्च र अगस्ट २०२१ का बीच १७ महिना मलेसियाको प्रधानमन्त्री बन्नु भएका मुहिद्दिन पेरिकटन नेसनल पार्टीका अध्यक्ष रहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology