Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सत्ता गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुटेन, छुट्टाछुट्टै मनोनयन दर्ता गर्ने

सत्ता गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुटेन, छुट्टाछुट्टै मनोनयन दर्ता गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७९ शनिवार • १२:१४:१९ बजे
  • 394
    SHARES
  • सत्ता गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुटेन, छुट्टाछुट्टै मनोनयन दर्ता गर्ने

    सत्तारुढ १० दलको बैठकले उपराष्ट्रपतिको साझा उम्मेदवारमा सहमति जुटाउन असमर्थ भएको छ ।

    images

    बालुवाटारमा शनिबार बिहान बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएको थियो । तर, कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए ।

    सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको उनको भनाई छ ।

    राउतका अनुसार जनमतले एकजना र जसपाले दुईजना उम्मेदवारको मनोनयन दर्ता गराउने तयारी भएको छ ।

    राउतले भने पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने र आफूहरुले ममतालाई उम्मेदवार बनाउने बताए । तर, गठबन्धनको संयुक्त बैठकले उपराष्ट्रपतिमा जसपाका उमेदवारलाई सहयोग गर्ने निर्णय गरेको नेकपा एकीकृतका महासचिव डा. बेदुराम भुसालले बताए ।

    महिला वा पुरुष कसलाई उमेदवार बनाउने भन्नेबारे निर्णय गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितको बैठक केही समयमा बस्दै छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले अब उपराष्ट्रपतिमा महिला उमेदवार हुनु पर्ने निर्वाचन आयोगले स्पष्ट पारिसकेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology