Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा हुँदैन : मन्त्री किराँती

पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा हुँदैन : मन्त्री किराँती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७९ शनिवार • १२:१८:२० बजे
  • 715
    SHARES
  • पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा हुँदैन : मन्त्री किराँती

    संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठुलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन् ।

    images

    शनिवारबाट सुरु भएको तीन महिने पशुपति सरसफाइ अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले नेपालमा ठुलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताए ।

    उनले पशुपति क्षेत्र सफाइका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर बुझाउन निर्देशन दिए । सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै उनले आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताए ।

    मन्त्री किराँतीले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश कहिले सफा गर्छौँ भन्दै प्रश्न गरे । उनले सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको भन्दै समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने बताए ।

    उनले आफू मन्त्री रहेको मन्त्रालय अन्तर्गतका सबै निकायहरूलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सो अनुसारको काम नभए कारबाही गर्ने चेतावनी दिए ।

    सो अवसरमा मन्त्री किराँतीले आफैँ कुचो लगाएर र आसपासका क्षेत्रहरूको फोहोर टिपेर पशुपति सरसफाइमा सरिक भएका थिए । अबको तीन महिनासम्म हरेक शनिवार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाइ अभियान सञ्चालन हुनेछ ।

  • सम्बन्धित विषय:

  • # मन्त्री किराती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology