Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादीविरुद्धको मुद्दा शान्ति सम्झौता विपरीत : उपाध्यक्ष सापकोटा

माओवादीविरुद्धको मुद्दा शान्ति सम्झौता विपरीत : उपाध्यक्ष सापकोटा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७९ शनिवार • १२:३३:४० बजे
  • 685
    SHARES
  • माओवादीविरुद्धको मुद्दा शान्ति सम्झौता विपरीत : उपाध्यक्ष सापकोटा

    नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडी बढाउनुपर्ने बताएका छन् ।

    images

    शनिवार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार सङ्क्रमणकालीन न्यायको विषय अगाडी बढ्नुपर्ने बताएका हुन् ।

    उनले भने – ‘यो मुद्दाको कुरा २०६३ साल मङ्सिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरीत छ । त्यहाँ स्पष्ट भनिएको छ, यी विषयहरू सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ । गठन भएको छ ।

    त्यसले काम पनि सुरुवात गरिरहेको छ । फेरि यो कुरा पनि त्यत्तिकै स्पष्ट छ कि २०६३ सालको अन्तरिम संविधानले जे व्यवस्था गरेको थियो अहिलेको संविधानको धारा ३०४ को उपधारा २ मा के भनिएको छ भने अन्तरिम संविधानमा व्यवस्था भएका कुराहरू यही संविधान अनुसार भए बमोजिम हुनेछ भन्ने त्यति स्पष्ट छ कि फेरि त्यसदेखि बाहेक अन्य तरिकाले शान्ति प्रक्रियाको मर्म, भावना, सङ्क्रमणकालीन न्यायको पद्धति, प्रक्रिया विपरीत जाँदा खेरी यसले शान्ति प्रक्रियालाई असर पुर्‍याउँछ ।

    शान्ति प्रक्रियालाई कार्यान्वयन गर्न र निष्कर्षमा पुर्‍याउन सहयोग पुग्दैन ।’ ‘परिवर्तनमा नेपाल आमाका छोराछोरीहरूले ठुलो कुर्बानी गरेका छन् । यो परिवर्तनलाई असर पर्ने खालका गतिविधिहरू हुनुहुँदैन । विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार नै अगाडी बढ्नुपर्छ ।

    त्यस अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत नै यस्ता सङ्क्रमणकालीन न्याय सम्बन्धी विषयहरू समाधान गरिनुपर्छ । यो कुरा गठबन्धनका ८ दलले पनि निर्णय गरिसकेका छन् । त्यस्तै संसद् बाहिर भएका घटकहरूले पनि गरिरहेका छन्,’ उनले थपे । उनले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउने कोसिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # उपाध्यक्ष सापकोटा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology