Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म बलिराजा जस्तो मान्छे हो : ओली

म बलिराजा जस्तो मान्छे हो : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७९ शनिवार • १८:०९:०७ बजे
  • 688
    SHARES
  • म बलिराजा जस्तो मान्छे हो : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू जसले जे मागे पनि दिने बलिराजा जस्तो भएको टिप्पणी गरेका छन् ।

    images

    शनिबार पार्टीको महिला संगठनको कार्यक्रममा उनले प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति मागेको बताए ।

    ‘म बलिराजा जस्तो मान्छे हो, जसले जे मागे पनि दिने, प्रचण्ड आए प्रधानमन्त्री मागे दिएँ, माधवजीले राष्ट्रपति माग्दै हुनुहुन्थ्यो खाने भए खाउँ भनेको हो’ उनले भने, ‘तर पहिले पार्टीमा त आउनुपर्यो नि, पानी मिलाउनुपर्‍यो, पार्टीमा प्रतिवद्धता हुनुपर्यो । सप्रिने भए विचार गर्नुपर्‍यो भनेको हो ।’ तर माधव नेपालले प्रचण्डले राष्ट्रपति प्रस्ताव गर्दा अस्वीकार गरेको र कांग्रेसकै राष्ट्रपति हुनुपर्ने भनी सार्वजनिक अभिव्यक्ति दिएको ओलीले टिप्पणी गरे ।

    प्रचण्ड र माधव नेपाल वामपन्थी राष्ट्रपति भए देश खत्तम हुन्छ भनेर लागेको ओलीले बताए । ‘प्रचण्ड त डाँको छोडेर रोएका थिए वामपन्थी राष्ट्रपति हुनै हुँदैन देश खत्तम हुन्छ भनेर’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology