Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाली जति विद्वान कतै छैनन् : ओली

नेपाली जति विद्वान कतै छैनन् : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७९ शनिवार • १८:१८:५४ बजे
  • 907
    SHARES
  • नेपाली जति विद्वान कतै छैनन् : ओली

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको टिप्पणी गरेका छन् ।

    images

    शनिबार नेक्सस इन्टरनेशनल एकेडेमीको भवन शिलान्यास कार्यक्रममा उनले नेपाली भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भए पनि त्यसलाई लुकाउन खोजिएको बताएका हुन् ।

    ओलीले नेपालीहरु बहादुरमात्रै नभइ बुद्धिमानी पनि रहेको भन्दै नेपालका पुर्खाहरु जति विद्वान अन्यत्र कतै नरहेको दाबीसमेत गरे । ‘नेपालीहरुलाई बहादुर मात्रै भनिएको छ, तर बहादुर मात्रै होइन, नेपालीहरु विद्वान पनि छन् ।

    हाम्रा पुर्खाजस्ता विद्वान कोही छैनन् । वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोशी किनारमा बस्थे ।

    कपिलमुनी कपिलवस्तुका थिए, उनी सांख्य दर्शन र शिवयोगका अध्येता थिए’ उनले भने । ओलीले अगाडि भने, ‘२६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए । पाणिनी अर्घखाँचीका थिए । यस्ता अनेक विद्वान यहाँका छन् तर छोप्न खोजिएको छ । यो इतिहासमा पनि विद्वानहरुको भूमि हो ।

    भविष्यमा पनि विद्वानहरुको भूमि हुनेछ ।’ उनले नेपाल इतिहासमा पनि विद्वानहरुको भूमि भएको र भविष्यमा पनि विद्वानहरुको भूमि हुने बताए । नेपाल ज्ञानको उत्पत्ति विन्दु भएपनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको उनको टिप्पणी छ ।

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology